बैशाख २८, २०८१, शुक्रबार
               

नेपाल समूहले उदयपुरमा समानान्तर कमिटी विस्तार गर्ने

नेपाल फ्ल्यास
चैत २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एमाले नेपाल समूहले उदयपुरमा समानान्तर कमिटी गठन गर्ने भएको छ। उदयपुर नेपाल समूहका जगन्नाथ खतिवडाका अनुसार शनिबार जिल्ला कमिटी गठन गर्ने तयारी गरिएको छ।

बिहीबार नेपाल पक्षले नेता सुरेन्द्र पाण्डेलाई गण्डकी प्रदेशको संयोजक बनाएको छ। नेता नेपाल र गण्डकी प्रदेशका इन्जार्ज पाण्डेय उपस्थित भएर गण्डकीका जिल्लाहरूमा इन्चार्ज, अध्यक्ष र सचिवसमेत चयन गरिएको छ।

जनवर्गीय संगठनमा समानान्तर कमिटी गठन गरेको नेपाल पक्षले जिल्ला कमिटी निर्माणलाई  तीव्रता दिएको छ। प्रादेशिक शक्ति सन्तुलनमा कमजोर रहेको गण्डकीबाट नेपाल पक्षले जिल्ला कमिटी बनाउने कार्यलाई अघि बढाएको हो ।

यो पनि