जेठ ०८, २०८१, मंगलबार
               

नेपाल-खनाल समूहको स्थायी समिति बैठक सुरु

नेपाल फ्ल्यास
चैत २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल-खनाल समूहको स्थायी समिति सदस्यको बैठक सुरु भएको छ । ११ बजे बस्ने भनिएको सो बैठक करिब डेढ घन्टा ढिला गरी केही बेरअघि सुरु भएको हो । 

बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल तथा नेताहरु सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, युवराज ज्ञवाली, घनश्याम भुषाल, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्यलगायत सहभागी छन् ।

अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपालसहित चार जनालाई कारबाही गरेपछि सो समूहको पहिलो बैठक बसेको हो । आजको बैठकले नयाँ रणनीति बनाउँदै संगठन सुदृढीकरणसम्बन्धी एकीकृत दस्तावेज तयार गर्ने सम्भावना रहेको सो समूहका एक नेताले बताए । 

उनका अनुसार बैठकले गत चैत ४ र ५ गते सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलामा पारित कार्यपत्रलाई आवश्यक संशोधन गर्नेछ । उनले भने, ‘ संशोधित कार्यपत्रलाई दस्तावेज रुपमा तल्ला कमिटीसम्म वितरण गरिनेछ ।’

यो पनि