चैत १६, २०८०, शुक्रबार
               

सर्वोच्चको फैसलाप्रति नारायणकाजीको असन्तुष्टि

नेपाल फ्ल्यास
चैत १९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले फागुन २३ को फैसला पुनरावलोकन नगर्ने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहलले नेकपा खारेजीको फैसला पुनरावलोकनको माग गर्दै दर्ता गराएको पेसीको सम्बन्धमा बिहीबार सर्वोच्चले पुनरावलोकन नगर्ने फैसला गरेपछि प्रवक्ता श्रेष्ठले असन्तुष्टि जनाएका हुन् ।

‘सर्वोच्च अदालतले २०७७।११।२३ मा हाम्रो पार्टीको सम्बन्धमा गरेको आदेशको पुनरावलोकन नगर्ने भनी आज गरेको निर्णय पहिलेको आदेश झैं राजनीतिक कदमकै निरन्तरताको अर्को कडी हो।यो गलत निर्णयप्रति हाम्रो तिब्र असहमति छ,’ श्रेष्ठले ट्विटरमा लेखेका छन्, ‘अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोज्दैछ। जागौँ ।’ 

 

 

यो पनि