चैत १६, २०८०, शुक्रबार
               

पुनरावलोकनको मुद्दा नहेर्ने अदालतको फैसलाप्रति माओवादीको असन्तुष्टि

नेपाल फ्ल्यास
चैत १९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादीले पुनरावलोकनको मुद्दा नहेर्ने अदालतको फैसलाप्रति असन्तुष्टि प्रकट गरेको छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले पुनरावलोकनकाे माग गरी सर्वोच्चमा दायर गरेकाे मुद्दा सर्वोच्च अदालतले अस्वीकार गरेसँगै माओवादी केन्द्रले असन्तुष्टि प्रकट गरेको हो । 

सोही क्रममा नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले अदालतको फैसला बेठिक भएको बताए ।तर, उनले अदालतको फैसला बेठिक भए पनि स्वीकार गर्ने बताए ।

सो क्रममा उनले आफूहरुले दिएको पुनरावलोकन निवेदन दल खोल्न दिएको अधिकार प्रयोग गरेको भए पनि सर्वोच्चले त्यसविरुद्धमा काम गरेको टिप्पणी गरे ।

फागुन २३ सम्म नेकपाको नेतृत्व एकीकरणपू‍र्व कायम रहेका नेकपा एमाले र माओवादीले संयुक्त रुपमा अध्यक्षता गर्दै आएका थिए । तर, सर्वोच्चको फैसलासँगै उनीहरुले नेतृत्व गर्दै आएको सो दल ऋषि कट्टेलको भएको छ ।र, सोही फैसलाबमोजिम केपी शर्मा ओली नेकपा एमालेका अध्यक्ष र पुष्पकमल दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष भएका छन् ।

सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाउँदै दाहाल पुनरावलोकनका लागि पुन:  सर्वोच्चको ढोका ढकढक्याउँदै गर्दा २३ सर्वोच्चले एमाले ब्यूँत्याउनुअघिका नेकपाका अध्यक्ष केपी शर्मा ओली भने शक्ति र पावरका आधारमा अर्काको दललाई आफ्नो बताउने सर्वोच्चले यो पार्टीको नाम त अर्कैको भनी फैसला गरेपछि आफ्न भन्न पाइन्छ भन्दै प्रश्न उठाउँदै थिए ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालका अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर र न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पुनरावलोकनका लागि अनुमति नदिने फैसला गरेको छ । सर्वोच्चको यो फैसलासँगै एमाले र माओवादी नै अस्तित्वमा रहने भएका छन् ।

दाहालले ‘सर्वोच्च अदालतको गैरकानुनी आदेशले आफूलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को अध्यक्ष कायम गराएको भनिएको’ भन्दै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै अध्यक्षको हैसियतमा निवेदन दर्ता गराएका थिए । 


कस्तो लाग्यो ?

यो पनि