जेठ ०६, २०८१, आइतबार
               

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

नेपाल फ्ल्यास
चैत १९, २०७७

ADVERTISEMENT

काठमाडौं । अहिले बिहान ९ बजेका लागि नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाएको छ ।माओवादी केन्द्र स्रोतका अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल गर्न स्थायी कमिटी बोलाइएको हो ।

माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारको माओवादीले विरोध गर्दै आए पनि समर्थन भने फिर्ता लिएको छैन् । आजको उक्त बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने तथा अविश्वासको प्रस्ताव दर्ता गर्ने लगायतका विषयमा छलफल हुने बताइएको छ ।

गत शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुले सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता लिने बताएका थिए ।

बुधबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले पनि प्रधानमन्त्रीले चैत २३ गतेभित्र विश्वासको मत नलिए सरकारको वैधानिकतामाथि प्रश्न उठ्ने बताएका थिए । 
 


कस्तो लाग्यो ?

यो पनि