बैशाख २०, २०८१, बिहीबार
               

मेलम्चीको पानी काठमाडौं ल्याउने कांग्रेसको ३० वर्षअघिको सपना हो : केसी

नेपाल फ्ल्यास
चैत १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्रकुमार केसीले मेलम्चीको पानी काठमाडौं ल्याउने सपना कांग्रेसले ३० वर्षअघि नै देखेको बताएका छन् । 

बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा नेता केसीले कांग्रेसका तत्कालीन नेता कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याउने सपना देखेर काम हुन थालेको र अहिले पानी आइसकेको अवस्थामा सरकारले मात्रै जस लिएको बताउँदै उनले  सो असन्तुष्टि जनाएका हुन् ।

मेलम्चीको पानी आउनु सबैका लागि खुसीको कुरा भएको बताउँदै उनले ३० वर्षदेखिको काम अहिले मैले गरेँ भनेर हुँकार गर्नु न्यायोचित नहुने बतए । सो क्रममा उनले प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको रिहाइको पनि उनले माग गरे।


कस्तो लाग्यो ?

यो पनि