बैशाख २५, २०८१, मंगलबार
               

सरकार र थरुहट केन्द्रीय आन्दोलन परिचालन समितिबीच वार्ता सुुरु

नेपाल फ्ल्यास
चैत १७, २०७७

ADVERTISEMENT

काठमाडौं । आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट-थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समिति र सरकारबीच वार्ता सुरु भएको छ । 

गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोली र उल्लेखित समितिबीच मंगलबार पहिलो चरणको वार्ता सुरु भएको हो । 

सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी सदस्य छन् भने थरुहटको तर्फबाट रुक्मिणि चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी र प्रभात चौधरी छन् ।

सोमबार सरकारले रेशम चौधरीलगायत बन्दीको रिहाइको माग गर्दै आन्दोलनरत पक्षसँग वार्ताका लागि वार्ता टोली गठन गरेको थियो ।केही दिनअघि मात्रै गृहमन्त्री बादल माइतीघरस्थित धर्ना स्थलमा पुगेर वार्तामा आउन आग्रह गरेका थिए ।

रेशम चौधरी  विसं २०७२ कैलालीमा घटेको नरसंहार घटनाका मुख्य आरोपी हुन् । चौधरी २०७४सालको चुनावमा कैलाली क्षेत्र नं १का निर्वाचित भएका छन् । निर्वाचित भएसँगै उनी हिरासत जीवन बिताइरहेका छन् । उनले हिरासतमै रहेका बेला सांसदको शपथ लिएका थिए । उनीमथि कैलालीको कैलालीको टीकापुर घटनामा डेढ वर्षीय नाबालकसहित आठ सुरक्षाकर्मीको सामूहिक हत्याको आरोप छ । उनलाई कैलाली अदालतले केही समयअघि आजीवनको फैसला सुनाएको थियो ।

गुन २३ को सर्वोच्चको फैसलासँगै साबिक नेकपा २०७५ जेठ २को अवस्थामा आएसँगै जसपा सत्ता साझेदारीका लागि मुख्य घटक बनेको छ । जसपाले जसलाई समर्थन गर्‍यो उसकै सरकार बन्ने भएकाले  सोबमोजिमत जसपा अघि बढ्दै आएको छ । केही दिन अघि मात्रै एक नागरिकसभामा सहभागी भएका जसपा नेता महन्थ ठाकुले आफ्ना सांसदलाई जेलमा जसजसले भेटे पनि हेर्ने भनेको परिणाम भएको बताएका थिए ।

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले अहिले केपी ओलीका मन्त्री र मान्छेले बारम्बार रेशम चौधरीलाई भेट्ने गरेको बताउँदै सबैभन्दा पहिले रेशमलाई जेलमा गएर आफूले भेटको बताएपछि सोको जवाफमा ठाकुरले भेट्ने कुरा सहायक भएको बताउँदै परिणाम मुख्य हुने बताएका हुन् । 

यो पनि