जेठ ०४, २०८१, शुक्रबार
               

नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

नेपाल फ्ल्यास
चैत १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एमाले नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ ।

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्वन गरेपछि सो समूह आन्तरिक रणनीतिका तयका लागि छलफलका लागि स्थायी कमिटी बैठक बसेको हो । 

बैठक मध्याह्न एक बजेदेखि कलंकीस्थित मेगा बैंक्वेटममा जारी छ । नेपाल समूहको देशव्यापी समानान्तर संरचना बनाउने नेपाल समूहको रणनीतिअनुरुप आधार तयार गर्ने योजना देखिन्छ । जसको निर्यण आजको बैठकले लिने अनुमान गरिएको छ ।

तर, आजको सो बैठकमा झलनाथ भने सहभागी नभएको बुझिएको छ । खनाल यसअघि नेकपा एमाले अध्यक्ष ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएका थिए। 

यो पनि