बैशाख २३, २०८१, आइतबार
               

घनश्यामले बुझाए स्ष्टीकरण

नेपाल फ्ल्यास
चैत १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । 

पर्टीको विधानविपरीत काम गरेको भन्दै अध्यक्ष ओलीले नेता भुसालसहित पाँच नेतालाई सोधेको स्पष्टीकरणको जवाफ भुसालले मंगलबार पठाएका हुन्। यसअघि नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावलले प्रधानमन्त्रीले सोधेको स्पष्टीकरणको जवाफ पठाइसकेका छन् । 

जवाफमा नेता भुसालले ओलीले आफूहरुलाई सोधिएको स्पष्टीकरण शत्रु देशका नागरिकलाई पठाइएको जस्तो भएको टिप्पणी गरेका छन् । साथै उनले पूर्वाग्रही ढंगले आफूहरुलाई स्पष्टीकरण सोधेको दाबी गर्दै पार्टी पंक्तिलाई ओलीको झुटबारे जानकारी दिन पत्र लेखेको स्पष्टीकरणमा उल्लेख गरिएको छ । 

‘शत्रु देशका नागरिकलाई पठाइएको जस्तो तपाईंको पत्रको जवाफ लेखिरहनुपर्ने आवश्यक थिएन अर्थात् पठाउनुभएको मिथ्या पत्रका बारेमा स्पष्टीकरण दिनुपर्ने त हुँदै होइन, कुनै पनि उत्तरसमेत लेख्न जरुरी छैन, तर तपाईंले लगाउनुभएका आरोप कति पूर्वाग्रही छन् र तपाईंका दाबी कति झुठा छन् भन्ने कुरा पार्टी पंक्तिलाई जानकारी गराउनुपर्ने भएकाले यो पत्र लेख्दै छु,’ पत्रमा उल्लेख छ ।

ओली पक्षीय नेताहरु मात्र उपस्थित रहेको ७ चैतको केन्द्रीय कमिटी बैठकले भुसालसहित चार नेतालाई स्पष्टीकरण सोधेको थियो । 
मंलबार पार्टी अध्यक्ष ओलीलाई जवाफ पठाएका भुसालले आफूहरुलाई सोधिएको स्पष्टीकरणलाई कंगारु अदालत (नक्कली प्रक्रिया र प्रमाणका आधारमा सुनियोजित रुपमा लक्षित तथाकथित प्रक्रिया)को संज्ञा दिएका छन् ।  त्यसैगरी, भुसालले नेता भुसालले ओलीमाथि पार्टी विभाजनको रेखा कोरेको आरोप लगाएका छन् । 

केन्द्रीय कमिटीको बैठकको सूचना र कार्यसूची तीन दिनअगाडि नै केन्द्रीय सदस्यलाई दिनुपर्ने भए पनि त्यसो नगरिएको उनको भनाइ छ । 

‘मेरो चुनौतीपूर्ण प्रस्ताव छ, एउटा जाँच कार्यदल गठन गरौं र नेपाल टेलिकमबाट तथ्यहरु मागौं । उक्त मेसेज कुन–कुन व्यक्तिलाई गएको छ वा त्यसबाहेक अरु के सूचना जारी भएको खोजी गरौं, तपाईले झूटो बोल्नु भएको प्रमाणित भइहाल्छ ।’ ओलीले यस्तो झूट पटकपटक बोलेको उनले बताएका छन् ।

त्यसैगरी उनले यसअघि नेकपा छँदै अध्यक्ष प्रचण्डले ओलीमाथि तयार गरेर ओलीसमक्ष पेस गरेको १९ पृष्ठे पत्रमा आफ्नो कुनै भूमिका नभएको बताएका छन् ।

 

यो पनि