जेठ ०४, २०८१, शुक्रबार
               

ओलीविरुद्ध देशभर अभियान चलाउने नेपालको उद्घोष

नेपाल फ्ल्यास
चैत १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेबाट निलम्बित माधवकुमार नेपालले आफूमाथि गरिएको कारबाहीको औचित्य नभएको बताउँदै केपी ओलीमा तानाशाह प्रवृति बढ्दै गएको बताएका छन् । 

अध्यक्ष ओलीले नेता नेपाललाई सोमबार पार्टीबाट ६ महिनाका लागि निलम्वन गरेसँगै नेपाल नेपालले सो बताएका हुन् ।आफूलाई कारबाही गरेकोबारे जानकारी सञ्चारमाध्यमबाट सुनेको बताउँदै नेता नेपालले फागुन २८ मा पार्टी विधानविपरीत निर्णयले ओलीको नियत चर्लंग भएको बताए । उनले भने, ‘उहाँलाई विधि र विधानसँग कुनै मतलब छैन ।’

ओलीको कदमको कुनै अर्थ नभएको बताउँदै नेता नेपालले देशभरका कार्यकर्तालाई उच्च मनोवलका साथ केपी ओलीको तानाशाहीको विरुद्धमा जुध्नका लागि र क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्न आह्वान पनि गरेका छन् । 

केपी ओलीले केन्द्रीय कमिटी भंग गरेकाले ओली नेकपा एमालेको अध्यक्ष नभएको उनले बताए । उनले भने, ‘ तसर्थ ओलीलाई केन्द्रीय कमिटीको अध्यक्षका रुपमा काम अधिकार छैन ।’

यो पनि