जेठ ०४, २०८१, शुक्रबार
               

ओलीले गरे नेपाल र रावललाई निलम्वन

नेपाल फ्ल्यास
चैत १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई  निलम्वन गरेका छन् । 

नेता नेपाल र रावलले पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले उनीहरुलाई ६ महिनाका लागि निलम्वन गरेका हुन् ।

यसअघि नेपाल र रावलले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले उनीहरु कारबाहीयोग्य रहेको बताउँदै आएका थिए ।

उनीहरुलाई सोधिएको स्पष्टीकरणमा आफ्ना कुरा स्पष्ट पार्ने भन्दा पनि बढी विद्रूपीकरण, सार्वजनिक सञ्चार माध्यममार्फत् आफ्नो स्पष्टीकरण भनिएको चिज सार्वजनिक गर्नेतर्फ लागेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

थापाले भने, ‘सुधारको स्थितिका निम्ति ठाउँ नराख्नुभएको हुनाले कारबाही गरिएको हो। ६ महिनाका लागि पार्टी सदस्यताबाट निलम्बन गरिएको हो।’

वरिष्ठ नेता नेपाललाई कारबाही गरिएको भनी सार्वजनिक गरिएको पत्रमा उनलाई सच्चिने मौकाका लागि हाललाई उक्त कारबाही गरिएको उल्लेख छ।

यसअघि एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा आन्तरिक विवादमा फस्दा अध्यक्ष प्रचण्ड र नेता नेपाल समूहले प्रधानमन्त्री ओलीलाई दलको साधारण सदस्य नरहने गरी पार्टी अध्यक्षबाट हटाएको थियो।

यो पनि