जेठ ०६, २०८१, आइतबार
               

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

नेपाल फ्ल्यास
चैत १५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री र सभामुखबीच आइतबार तीन महिनापछि भेटवार्ता भएको हो । यसअघि ५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री र सभामुखबीचको दूरी टाढिँदै गएको थियो ।

आइतबार भने प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख सापकोटा बालुवाटारस्थित उनको सरकारी निवास पुगेका हुन् । व्यवस्थापिका र कार्यकपालिकाबीचको दूरी टाढिँदै गइरहेका बेला सभामुख सापकोटाले प्रधानमन्त्रीलाई भेट्नुलाई निकै महत्वका साथ हेरिएको छ । र, यस भेटले गतिहीन राजनीतिले एउटा गोरेटे समात्ने आकलन पनि गरएको छ । 

यसअघि सभामुखले आफूले प्रधानमन्त्रीसँग समय मागेको र प्रधानमन्त्रीले समय दिनासाथ आफू र प्रधानमन्त्रीबीच भेटवार्ता हुने बताउँदै आएका थिए । भेटमा संसदमा विचाराधीन विधेयक कसरी अघि बढाउने तथा कसरी सहज रुपमा संसद संचालन गर्ने भन्ने विषयमा छलफल भएको बताइएको छ ।  

यो पनि