जेठ ०३, २०८१, बिहीबार
               

संसदलाई जीवन्त बनाएरै छाड्छु : सभामुख

नेपाल फ्ल्यास
चैत १४, २०७७

ADVERTISEMENT

सभामुख अग्नि सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सभामुख सापकाेटाले संसद्‍मा आफूले तटस्थ, निष्पक्ष र स्वतन्त्र भूमिका निर्वाह गरिरहेको बताएका हुन् ।

संसदीय मामिला पत्रकार समाजको सातौँ अधिवेशन तथा हाम्रा माननीय पुस्तक विमोचन समारोहमा सभामुख सापकोटाले संसदमा अपेक्षा अनुसार काम नभएको स्वीकार्दै भने,- 'मेरो भूमिका इतिहासले मूल्याङ्‍कन गर्नेछ । संविधानवाद र जनताको थलो कायम राख्‍ने काम गर्नेछु । सिङ्गो देशको गरिमा अघि बढाउने जिम्मेवारी मलाई दिएको छ। यसमा म सचेत छु ।'

‘निकै उतारचढाव र महान बहसपछि यहाँ आइपुगेका छौँ । समुन्द्र मन्थल भयो, अब संसद्ले गति लिएको छ, सही दिशामा अघि बढेको छ ।' उनले भने, ‘संसदलाई जीवन्त र जनमुखी बनाएर छाड्छौँ । त्यसमा हामी प्रतिवद्ध छौँ ।’

प्रधानमन्त्रीले संसद विघटन गरेको पुष ५ देखि सर्वाेच्चले संसद ब्यूँताएको फागुन ११ सम्म विश्वविद्यालयमा जस्तो सिकाईको अवस्था रहेको सापकोटाले बताए । साथै उनले अहिले केही अन्योलको अवस्था देखिए पनि निराश हुन जरुरी नभएको बताएका छन्  ।


कस्तो लाग्यो ?

यो पनि