जेठ ०८, २०८१, मंगलबार
               

एमाले संसदीय दलको बैठक सम्पन्न, गुटगत आउनेहरुलाई स्थान नदिने ओलीको चेतावनी

नेपाल फ्ल्यास
चैत १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा (एमाले) को संसदीय दलको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघि मात्रै सम्पन्न भएको हो ।

शुक्रबार बालुवाटारमा बसेको सो दलको  संसदीय दलको बैठकमा माधव समूहका नेता झलनाथ खनाल पनि सहभागी भएका थिए । बैठकमा सहभागी भएका नेता खनालले यसअघि गरेका बैठकका निर्णय फिर्ता लिन आग्रह गर्दै अब मिलेर जान प्रस्ताव गरेका थिए । सोको प्रत्युतरमा अध्यक्ष ‌ओलीले गरेका निर्णय फिर्ता नहुने बताउँदै नेपाल र रावलको स्पष्टीकरण चित्तबुझ्दो नभएको बताउँदै उनीहरु कारबाहीयोग्य रहेको बताए । सो क्रममा अध्यक्ष ओलीले गुट बनाएर आउने नेता तथा सांसदहरुलाई अब कुनै ठाउँ नदिने चेतावनीसमेत दिएका छन् । 

बैठक सम्पन्न भएलगत्तै मिडियाकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भट्टराईले ओलीले भागबण्डाको राजनीतिक स्विकार्य नहुने बताउँदै वान टु वान आए क्षमताअनुसार काम दिने बताएको जानकारी दिए । 

प्रधानमन्त्री ओलीले चैत्र ५ गते र चैत्र ७ गते बसेको संसदीय दलको बैठकबाट अब ब्याक हुन नसक्ने कुरा पनि राखेको उनले सुनाए । संसदीय दलको विधानमा पनि तलमाथि गर्न नसकिने कुरा प्रष्ट रुपमा गरेको पनि उनले सुनाए ।  

प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भट्टराईले भने,‘अब नेकपा एमालेमा हामी समूहगत रुपमा कसैसँगपनि डिलिङ गर्दैनौँ । नेकपा एमालेमा कुनै गुट वा समूहको अस्तित्व छैन । व्यक्तिगत रुपमा प्रत्येकका आलोचना र गुनासो सुन्न तयार छौँ ।’

यो पनि