बैशाख २३, २०८१, आइतबार
               

नेपाल रावल अझै कारबाहीयोग्य छन् : अध्यक्ष ओली

नेपाल फ्ल्यास
चैत १३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला निर्णय फिर्ता नलिने बताएका छन् ।

शुक्रबार संसदीय दलको बैठकमा सहभागी भएका खनालले यसअघि गरेका बैठकका निर्णय फिर्ता गरी जेठ २ मा फर्कियौँ भनेपछि प्रधानमन्त्री ओलीले सो बताएका हुन् ।  

शुकबार बसेको संसदीय दलको बैठकमा गत फागुन २८ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णय र  चैत ५ र ७ गतेको संसदीय दलको बैठकमा निर्णयहरुबाट ब्याक हुनुपर्ने प्रसंग उठेपछि अध्यक्ष ओलीले सो बताएको नेता विशाल भट्टराईले बताए । 

‘विधानसंवत ढंगले निर्णय गरेकाले त्यसबाट ब्याक हुन सकिँदैन भनेर प्रधानमन्त्रीले भन्नुभयो,’ भट्टराईले भने । भट्टराईले पछाडि फर्कने नसक्ने भन्दै खनाल–नेपाल समूहलाई स्वागत गरेको बताए । बैठकमा ओलीले पार्टीमा गुट वा समूहगत अस्तित्व नरहने बताएका थिए ।

खनालले पार्टीलाई कसरी अघि बढाउने जिम्मा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीमा रहेको बताउँदै पार्टी एकताबद्ध बनाएर लाने कि कसरी लैजाने भन्ने ओलीको हातमा रहेको बताए ।

त्यसैगरी, खनालले जेठ २ नै प्रस्थानविन्दु रहेको बताएको भट्टराईले बताए । उनले खनालले एमालेमा विधान नभएकाले नयाँ विधान बनाउनुपर्ने पनि बताए । 

त्यसैगरी, अध्यक्ष तथा प्रधानमन्त्री ओलीले नेपाल र रावलको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले कारबाहीयोग्य रहेको बताएका छन् । नेपाल र रावल शुक्रबार एमाले संसदीय दलको बैठकमा सहभागी भएका छैनन् ।


कस्तो लाग्यो ?

यो पनि