जेठ ०४, २०८१, शुक्रबार
               

संसदीय दलको बैठकमा खनाल-नेपाल समूह पनि सहभागी

नेपाल फ्ल्यास
चैत १३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा खनाल-नेपाल समूह सहभागी भएका छन् ।

शुक्रबार बसेको सो समूहको केन्द्रीय कमिटी बैठकले संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेसँगै उनीहरु सो बैठकमा सहभागी भएका हुन् ।

बैठकमा नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरू सहभागी भएका छन्।तर, नेता भीम रावल भने सो बैठकमा सहभागी भएका छैनन् । 

यसअघि माधव समूहले समूहले संसदीय दलको बैठक बहिष्कार गर्दै आएका थिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकका लागि खनाल र सुरेन्द्र पाण्डे बालुवाटार पुगेका छन्।

यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष ओलीले बोलाएको बैठकमा सहभागी हुने गरेका थिएनन्। 

शुक्रबार बिहान बसेको नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले संसदीय दलको बैठकमा सहभागी भएर पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाउन ओलीसँग माग गर्ने निर्णय गरेको थियो।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालसहित चारजनालाई सोधेको स्पष्टीकरणमा वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओली नै प्रचण्डका मतियार र उनी पार्टी विभाजनको मुख्य कारक भएको उल्लेख गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई किन कारबाही नगर्ने भनी  प्रश्न गर्दै स्पष्टीकरण बुझाएका थिए ।

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विधान र नीतिविपरीत तपाईंले उक्त प्रकार अनाधिकृत गतिविधि गरेकोमा त्यस्ता गलत कार्यलाई रोक्न पार्टीमा संस्थागत रुपमा भएका काम र तपाईं स्वयंको हस्ताक्षरमा कार्यकारी अधिकार प्राप्त अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत संलग्न कार्यक्रममा मेरो सहभागितालाई कसैको ‘मतियार’ भएको देख्नु तपाईंको व्यक्तिवादको अभिव्यक्ति मात्र हो भनी किन नभन्ने ? यदि तपाईंको जस्तो दृष्टिकोण राख्ने हो भने पार्टी एकताको पूर्व सन्ध्यादेखि प्रतिनिधि सभाको विघटनसम्मको अवधिमा तपाईंले  पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग गर्नुभएका सम्झौता, निरन्तर गर्ने गरेको गोप्य बैठक र सहकार्यको आधारमा तपाईं नै उहाँको सबभन्दा ठूलो ‘मतियार’ हो भन्न सकिन्न र ? तर यस्तो दृष्टिकोण ममा छैन,’ नेता नेपालले स्पष्टीकरणपत्रमा उल्लेख गरेका थिए । 

यो पनि