बैशाख १५, २०८१, शनिबार
               

रेशम चौधरी रिहाइ धर्नास्थलमै पुगे गृहमन्त्री थापा

नेपाल फ्ल्यास
चैत १२, २०७७

ADVERTISEMENT

काठमाडौं । निलम्वित सांसद रेशम चौधरीको रिहाइको माग गर्दै धर्नामा बसेका थारु अगुवासँग भेटका लागि गृहमन्त्री रामबहादुर थापा धर्नास्थलमै पुगेका छन् । निलम्वित सांसदको रिहाइको माग गर्दै धर्नामा बसेका थारु कल्याणकारीसभामा पुगेका गृहमन्त्री रामबहादुर थापाले कैलालीको टीकापुर घटनालाई लिएर सरकारले वार्ता टोली बनाएर छिट्टै निकास निकाल्ने आश्वासन दिएका छन् ।

केही दिनदेखि थारु कल्याणकारी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समिति, केन्द्रीय आन्दोलन परिचालन समिति, काठमाडाैं संयुक्त रुपमा माइतीघरमा धर्नारत छन् । 

धर्ना कार्यक्रमै उपस्थित भएर गृहमन्त्री थापाले वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्न सरकारले बिहीबार नै टोली बनाउने जानकारी गराए । ‘समस्याहरु छिट्टै संवाद र वार्ताबाट हल गर्ने भन्ने हो । आजै क्याबिनेटमा कुरा राखी वार्ता टोली गठन गरी यसलाई निष्कर्षमा लगेर हल गरिनेछ,’ गृहमन्त्री थापाले भने । 

उनले दुवै पक्षको वार्ता टोली बसेर समस्याको समाधान गरिने बताए । उनले समस्याहरु राजनीतिक, कानुनी रुपले वा प्रशासनिक रुपले हल गरिने पनि बताए ।

आन्दोलनरत पक्षले टीकारपुर घटना राजनीतिक प्रकृतिको भएकोले राजनीतिक सहमतिको माध्यमबाट समाधान गर्नुपर्ने, रेशमलाल चौधरी, लक्ष्मण थारु लगायत माथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने जस्ता १९ बुँदे माग राखी केही दिनदेखि माइतीघर मण्डलामा धर्नामा दिइरहेका छन् ।

२०७२ भदौ ७ गते टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या भएको थियो । सोही घटनाको योजना बनाई नेतृत्व गरेको आरोपमा यसअघि रेशमसमेत ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।


कस्तो लाग्यो ?

यो पनि