बैशाख २७, २०८१, बिहीबार
               

७० प्रतिशत बजेट स्थानीय तहलाई दिएर प्रदेश र केन्द्र सरकारले के गर्ने : प्रधानमन्त्री

नेपाल फ्ल्यास
चैत ११, २०७७

ADVERTISEMENT

काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहले कुल बजेटको ७० प्रतिशत माग गर्नु उपयुक्त नहुने बताएका छन् ।

स्थानीय तहले बजेटप्रति सरकार अनुदार भएको भनी गुनासो गरेपछि बुधबार नगरपालिका संघको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो बताएका हुन् । ‘७० प्रतिशत बजेट के गर्ने ? ओढ्ने ओच्छयाउने हो र ?’ सो क्रममा प्रधानमन्त्री ओलीले भने,  ‘त्यसो हो भने प्रदेश र केन्द्र सरकारले के गर्ने ?’

सोही क्रममा प्रधानमन्त्रीले बजेट स्थानीय सरकारलाई नदिने सोचाइ नभएको पनि बताए । ‘त्यस्तो सोच हुनै सक्दैन, थुपारेर राख्ने, फ्रिजमा राखेर के गर्ने ,’ प्रधानमन्त्री ओलीले भने, ‘क्षमता भएको ठाउँमा त खर्च नभएर बेहाल छ भने क्षमता नभएको ठाउँमा झन् गाह्रो हुन्छ।’

यो पनि