जेठ ०४, २०८१, शुक्रबार
               

आफूहरु नै एमाले भएको नेपालको दाबी

नेपाल फ्ल्यास
चैत १०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूहरु नेकपा एमाले भएको बताएका छन् । मंगलबार आफू समूहसम्बद्ध विद्यार्थीको राष्ट्रिय भेलालाई सम्बोधनका क्रममा उनले सो बताएका हुन् । 

‘नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन,’ नेपालले भने,  ‘केपी ओलीले जालझेल गरेर पार्टी कब्जा गरे भने विचार गरौंला । होइन भने नेकपा एमाले हाम्रो हो । केपी ओली बिमाले हुन् सिमाले हुन्, यो पार्टी छोडेर गए हुन्छ ।’

आफूहरु नै असली एमाले भएको बताउँदै नेता नेपालले जबजको हिमायती पनि आफूहरु नै भएको बताए । जबज र केपी ओलीको कहिल्यै भेट नभएको भन्दै नेता नेपालले जबज भनेको बहुमतको निर्णय मान्नु भएको बताए । 

फागुन २३ मा सर्वोच्चले ओली-दाहालले नेतृत्व गरेको नेकपा ऋषि कट्टेलको भएको भनी २०७५ जेठ २ गतेको अवस्था (एकीकरणको पूर्व) मा पुर्‍याएसँगै नेकपाभित्रको ओली र  दाहाल-नेपाल समूहबीचको झमेला पूर्व एमालेमा सरेको छ । एकले अर्काको आलोचना र आफू आधिकारिक रहेको दाबी गर्ने क्रम जारी छ ।

सोही क्रममा नेता नेपालले आफूहरु आधिकारिक एमाले भएको बताउँदै ओलीले पार्टी जाँदा हुन्छ भनी प्रतिक्रिया दिएका हुन् ।    

 

 

 

यो पनि