बैशाख २५, २०८१, मंगलबार
               

जसपाका नेताहरू र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

नेपाल फ्ल्यास
चैत १०, २०७७

ADVERTISEMENT

जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । जसपा अध्यक्ष ठाकुरका साथमा वरिष्ठ नेता राजेन्द्र महतो र जसपा कार्यदलका लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला पनि बालुवानटार पुगेकाे स्राेतले जनाएकाे छ ।

रेशम चौधरीको रिहाइलगायतका आफ्ना मागहरूबारे सरकारको आधिकारिक धारणा लिनका लागि नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेको बताइएकाे छ । प्रधानमन्त्रीले पछिल्लो समय सरकार टिकाउन अनुचित सहमति नगर्ने भनेर दिएको अभिव्यक्तिबारे प्रस्ट हुन पनि जसपाका अध्यक्ष ठाकुरसहित नेताहरू बालुवाटार गएका जसपाले जनाएकाे छ ।

सत्ता समीकरणबारे जसपामा तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका रुपमा कित्ताकाट देखिएको छ । यता कांग्रेसले नयाँ सत्ता समीकरणका लागि माओवादी केन्द्रले सत्ताबाट अलग भएको निर्णय गर्नुपर्ने र निर्णायक देखिएको जसपाले प्रस्ट धारणा बनाउनुपर्ने अडान राखेको छ ।

यो पनि