काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले कांग्रेस तत्काल सरकारको नेतृत्व लिन तयार नभएको बताएका छन् ।
सोमबार पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकपश्चात् सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा नेता लेखकले नेतृत्व लिन परिपक्क अवस्था भइनसकेको बताउँदै सो बताएका हुन् ।
‘आवश्यक पर्यो भने कांग्रेसले वैकल्पिक सरकार दिन्छ भनेकै छ,’ लेखकले भने, ‘तर, अझै परिस्थिति सुनिश्चित र परिपक्क भएको छैन ।’