काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको छ। बैठकमा सरकारलाई दिइएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणबारे छलफल हुने बताइएको छ । बैठक मंगलबार बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्नेछ ।
फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएको थियो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साविक नेकपामा हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गरेका थिए।
यसअघि सो दलको केन्द्रीय कमिटी बैठक चल्दै थियो । माओवादीको नाम परिवर्तन, सरकारलाई दिइएको समर्थन फिर्ता र माओवादी पार्टीबाट मन्त्री बनेका, तर फिर्ता नभएका मन्त्री र पार्टी सदस्यबारे कारबाहीबारे छलफल हुने भनिएको बैठक स्थगित भएको छ ।