जेठ ०७, २०८१, सोमबार
               

एमालेले देशलाई अन्धकारमा धकेल्यो : डा. लोहनी

नेपाल फ्ल्यास
चैत ०९, २०७७

ADVERTISEMENT

नुवाकोट । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान राजनीतिक संकटको समाधान संसद् मात्र रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीले संसद्लाई विश्वासमा लिएर अगाडि बढनु पर्ने जनाउँदै उनले यो काममा नेतृत्वको क्षमता मापन हुने टिप्पणीसमेत गरेका छन् ।

अध्यक्ष लोहनीले सरकारको काम गराइ र भनाइमा विल्कुलै तालमेल नमिलेको कारण देखाउँदै तीन वर्षयता नेपाली जनता निराशा चुलिएको आरोप लगाए । पाँच वर्षको लागि गठन भएको स्थिर सरकारले राजनीतिलाई थप अस्थिरतातर्फ धकेलेको उनको तर्क थियो । अहिलेको अवस्था रहिरहे मुलुकमा डरलाग्दो समस्यामा फस्ने दाबी पनि उनले गरे ।

पूर्वअर्थमन्त्रीसमेत रहेका अध्यक्ष लोहनीले मुलुकको आर्थिक सुचकांकहरू सन्तोषजनक नभएको टिप्पणी गरे । अस्थिर राजनीतिका कारण सरकारलाई दातृ राष्ट्रहरूले विश्वास गर्न छोडेको जनाउँदै उनले त्यसलाई अशुभको संकेत भनेका छन् ।

घरझगडाको कारण एमालेले मुलुकमा नाटक मञ्चन गरिरहेको भन्दै उनले जनताको जीविकाको सवालमा चिन्ता र चासो लिनुको साटो सरकार आफ्ना विरोधीलाई तह लगाउनेमा मात्र केन्द्रित रहेको आरोप लगाए ।

गृहजिल्ला नुवाकोटको शिवपुरीमा आज भएको राप्रपा भेलालाई सम्बोधन गर्दै लोहनीले नुवाकोटको विकासको लागि सत्तामा रहँदा वा नरहँदा सदैव क्रियाशील रहेको जनाए । उनले जिल्लाका सबै ठुला विकास निर्माणमा आफ्नो योगदान कुनै न कुनै रूपमा रहेको स्पष्ट पारेका थिए । 

कार्यक्रममा राप्रपाका केन्द्रीय नेताहरू झनक प्याकुरेल, भरत पाठक, जनक पाठक, सुन्दर पाण्डे, नानिमैया आचार्य, राजु थापालगायतले अब राप्रपाको अगुवाइमा मुलुकमा राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना हुने धारणा राखेका थिए । 

यो पनि