बैशाख २२, २०८१, शनिबार
               

तीनबुँदे सहमति कार्यान्वयन गर्न विप्लवको आग्रह

नेपाल फ्ल्यास
चैत ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री ओलीसँग तीनबुँदे सहमति कार्यान्वयन गर्न आग्रह गरेका छन् । 

सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका महासिचव चन्दले प्रधानमन्त्रीसमक्ष सो माग गरेका हुन्। सरकार र विप्लवबीच फागुन २०मा तीनबुँदे सहमति  भएको थियो । सोही सहमतिका आधारमा विप्लव समूहमाथि लागेको प्रतिबन्ध फुकुवा भएको थियो । सो तीनबुँदे सहमतिमा विप्पव समूहका नेता तथा कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ता पनि समेटिएको थियो ।

सोमबार बालुवाटार पुगेका विप्लवले प्रधानमन्त्री ओलीसमक्ष फागुन २० गते भएको तीनबुँदे सहमतिअन्तर्गत आफ्ना साथीहरुको रिहाइ र मुद्दा फिर्ताका लागि आग्रह गरेका हुन्।

उनीहरुबीच करिब एक घन्टा भेटवार्ता भएको जनाइएको छ । ओली र विप्लवबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको बुझिएको छ । 


कस्तो लाग्यो ?

यो पनि