जेठ ०७, २०८१, सोमबार
               

नेपाली राष्ट्रप्रमुखको ४२ वर्षपछि बंगलादेश भ्रमण
राष्ट्रपति भण्डारीलाई बङ्गलादेशी सेनाद्वारा सम्मान गारद र २१ तोपको सलामी

नेपाल फ्ल्यास
चैत ०९, २०७७

राष्ट्रपति भण्डारीलाई बङ्गलादेशी समकक्षी अब्दुल हमिदले विमानस्थलमा स्वागत गर्दै । फोटो : बङ्गलादेशी सञ्चारमाध्यम
ADVERTISEMENT

राष्ट्राध्यक्षका रूपमा ४२ वर्षपछि नेपालका राष्ट्रप्रमुखले बङ्गलादेशको भ्रमण गरेका छन् । यसअघि तत्कालीन राजा वीरेन्द्र शाह बङ्गलादेश भ्रमणमा गएका थिए । उनले सन् १९७८ मा बङ्गलादेशको भ्रमण गरेका थिए । त्यसपछि राष्ट्राध्यक्षका रूपमा नेपालबाट भ्रमण भएको थिएन ।

अहिले राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदको निमन्त्रणा र बङ्गलादेशका राष्ट्रिय पिता बंगलाबन्धुको सयौँ जन्मजयन्तीको अवसर पारेर बङ्गलादेश गएकी हुन् । 

बङ्गलादेशको दुई दिने राजकीय भ्रमणका क्रममा ढाका पुगेकी राष्ट्रपति भण्डारीलाई बङ्गलादेशी समकक्षी अब्दुल हमिदले स्वागत गरेका छन् । राष्ट्रपति भण्डारी सोमबार बिहान नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ मार्फत ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार १० बजे अवतरण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीको स्वागतमा बङ्गलादेशका विदेशमन्त्री ए के अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जाहिद मालिकी, रेलमन्त्री नुरुल इस्लाम सुजोन, विदेश राज्यमन्त्री मोहम्मद शाहरिरार आलमलगायत पनि उपस्थित थिए ।

त्यस क्रममा राष्ट्रपति भण्डारीको सम्मानमा बङ्गलादेशी सेनाले गार्ड अफ अनरसहित २१ तोपको सलामी दिएको थियो । विमानस्थलबाट राष्ट्रपति भण्डारी बङ्गलादेशको स्वतन्त्रता संग्रामका सहिदहरूको शालिकमा माल्यार्पण गर्न पुगेकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि