जेठ ०६, २०८१, आइतबार
               

५४ सदस्यीय जम्बो टोलीसहित राष्ट्रपति ढाकामा

नेपाल फ्ल्यास
चैत ०९, २०७७

बंगलादेश प्रस्थान गर्नुअघि राष्ट्रपति विद्या भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा !
ADVERTISEMENT

काठमाडौं । ५४ सदस्यीय जम्बो टोली लिएर सेरेमोनियल राष्ट्रपति विद्या भण्डारी बंगलादेशको ढाका पुगेकी छिन् ।

दुई दिने औपचारिक भ्रमणका लागि राष्ट्रपति ढाका गएकी हुन् ।

राष्ट्रपति भण्डारीलाई ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा समकक्षी अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डाक्टर वंशीधर मिश्रले स्वागत गरेका थिए । 

राष्ट्रपति भण्डारीले त्यहाँ राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दी विशेष समारोहमा भाग लिने छिन् ।

भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिको कार्यालयका सचिव डा. हरि पौडेललगायत छन् । राष्ट्रपति भण्डारीलाई ‘गार्ड अफ अनर’ले सम्मान गरिनेछ ।

राष्ट्रपति भण्डारी र समकक्षी हमिदबीच आजै दुईपक्षीय भेटवार्ता हुनेछ । त्यसपछि प्रधानमन्त्री शेख हसिनाले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

सरकारले तीन वटा सम्झौतामा हस्ताक्षरको तयारी गरेको छ । पर्यटन र संस्कृति आदानप्रदान, पशुपंक्षी र बालीनालीमा प्रयोग हुने विषादी तथा बन्दरगाह, रेलवे र नेपाल–बंगलादेश यातायात सञ्चालनका विषयमा सम्झौता हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि