जेठ ०७, २०८१, सोमबार
               

बंगलादेश उडिन् राष्ट्रपति भण्डारी

नेपाल फ्ल्यास
चैत ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको दुई दिने राजकीय भ्रमणको लागि हात हल्लाउँदै उडेकी छन् । उनले त्रिभुवन विमानस्थलमा आफूलाई बिदाई गर्न गएका विभिन्न नेताहरुलाई धन्यवाद दिँदैत्यसतर्फ प्रस्थान गरेकी हुन् ।  

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आज बिहान ८ः३० बजे त्यसतर्फ उडेकी छन् । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालगायत उच्च पदस्थ अधिकारीले विदाई गरेका थिए । 

नेपाल वायु सेवा निगमको विमानबाट बंगलादेश गएकी राष्ट्रपति भण्डारी स्थानीय समयअनुसार बिहान १० बजे ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछन्।  

राष्ट्रपति भण्डारीलाई बङ्गलादेशका समकक्षी अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रले स्वागत गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी त्यहाँ राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दी विशेष समारोहका अवसरमा गएकी हुन् । 

 


कस्तो लाग्यो ?

यो पनि