जेठ ०६, २०८१, आइतबार
               

राष्ट्रपतिको भ्रमण टोलीमा ५४ जना, किन चाहियो जम्बो टोली ?

नेपाल फ्ल्यास
चैत ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । राजनीतिक रूपमा मात्र होइन, फजुल खर्च र बिलासी शैलीका कारण पटकपटक विवादमा परेकी राष्ट्रपति विद्या भण्डारी जम्बो टोली लिएर आज बंगलादेश जाँदै छिन् ।

उनको भ्रमण टोलीमा ५४ जना छन् । भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिको कार्यालयका सचिव डा. हरि पौडेललगायत छन् । नेपालको राष्ट्रपति सेरेमोनियल भूमिकामा छन् । कार्यकारी सरहको जम्बो टोली लिएर भ्रमणमा गएकोबारे आलोचना हुने गरेको छ । यो भ्रमणबारे पनि प्रश्नहरू उठेका छन् ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी आज ढाका प्रस्थान गर्दै छिन् । बिहान १० बजे ढाकामा उनलाई त्यहाँका राष्ट्रपति अब्दुल हमिदले स्वागत गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीलाई ‘गार्ड अफ अनर’ले सम्मान गरिनेछ ।

राष्ट्रपति भण्डारी र समकक्षी हमिदबीच आजै दुईपक्षीय भेटवार्ता हुनेछ । त्यसपछि प्रधानमन्त्री शेख हसिनाले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपतिको बंगलादेश भ्रमणबारे संसदलाई पूर्व जानकारी गराएका थिए । त्यसक्रममा केही महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने उनले उल्लेख गरेका थिए ।

सरकारले तीन वटा सम्झौतामा हस्ताक्षरको तयारी गरेको छ । पर्यटन र संस्कृति आदानप्रदान, पशुपंक्षी र बालीनालीमा प्रयोग हुने विषादी तथा बन्दरगाह, रेलवे र नेपाल–बंगलादेश यातायात सञ्चालनका विषयमा सम्झौता हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । यस्तै बंगलादेशलाई नेपालको बिजुली बेच्ने विषयमा पनि छलफल हुने मन्त्री गुरुङले बताएका छन् ।  


कस्तो लाग्यो ?

यो पनि