बैशाख ०४, २०८१, मंगलबार
               

विश्वासको मत लिन परे सजिलै लिएर देखाउँछु : ओली

नेपाल फ्ल्यास
चैत ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परि आए विश्वासको मत सजिलै देखाउने बताएका छन्। 

बालुवाटारमा सम्पन्न केन्द्रीय कमिटी बैठकलाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले सो बताएका हुन् ।  

‘राजीनामा दिनु पर्दैन भनेर प्रश्न गर्नेहरुलाई म भन्छु पर्दैन। अविश्वासको प्रस्ताव ल्याउन सक्नुहुन्न। विश्वासको मत फिर्ता लिन सक्नुहुन्न,’ उनले भने, ‘मुटुमाथि ढुंगा राखी विश्वासको मत दिनु हुनेछ। नत्र चुनावमा जानु पर्नेछ । चुनावमा जाँदा जनताको चाहना बुझ्नु भएकै छ । संयमताका साथ सबै दलसँग वार्ता गर्ने काम भइरहेको उनले बताए।

परि आए विश्वासको मत सजिलै देखाउने प्रधानमन्त्रीको भनाइ छ । उनले आफू सरकारको लागि मरिहत्ते नगर्ने बताए। सरकार परिवर्तन भए चुनावबाट स्पष्ट बहुमत ल्याउने बताएका छन्।


कस्तो लाग्यो ?

यो पनि