जेठ ०६, २०८१, आइतबार
               

ओलीसँग ४१वर्षको पिरती भए पनि लुरुलुरु जाँदैनौँ : नेपाल

नेपाल फ्ल्यास
चैत ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीसँग ४१ वर्षको पिरती भए पनि अवैधानिक निर्णय मानेर लुरुलुरु बालुवाटार नजाने बताएका छन् । 

शनिबार काठमाडौंमा नेपाल युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा नेता नेपालले आफूहरु अध्यक्ष ओलीसँग सँगै जाने पक्षमा रहेको बताउँदै सो बताएका हुन् । 

‘त्यत्रो समयको माया–पिरती कहाँ एकै रातमा सिद्धिन्छ,’ केपी ओलीसँग आफ्नो माया–पिरती ४८/४९ वर्ष लामो रहेको भन्दै उनले भने, ‘ आफूहरु अहिले पनि अध्यक्ष ओली सुध्रिउन् भन्ने पक्षमा छौँ । अहिले पनि केपी कमरेडलाई मेरो प्रस्ताव हो, नयाँ ढंगबाट जाऊँ, एकताको बाटोमा अगाडि बढौं,’ उनले भने, ‘त्यसका निम्ति २०७५ जेठ ३ भन्दा अगाडिको अवस्थामा फर्किनुस् र यसबीचमा भएका बैठक अवैध भएकाले फिर्ता लिनुस् ।’

सो क्रममा उनले २८ फागुनमा गरेको ‘अवैधानिक’ निर्णय सच्याउनुपर्नेमा जोड दिए ।

सम्बोधनका क्रममा नेता नेपालले २ जेठ २०७५ को कमिटीमा फर्किए सबैमा अल्पमतमा पर्ने भएपछि अध्यक्ष ओलीले विधान विपरितका निर्णय गरेको बताए ।

पार्टी पदाधिकारीमा १० जना आफूहरुसँग र ५ जना ओलीतिर रहेको भन्दै नेताहरुको नाम नै लिए । २२ सदस्यीय स्थायी कमिटीमा क्रमशः नेपाल र ओली समूह १२/१० जना, ४५ सदस्यीय पोलिटब्युरोमा २५/२० र केन्द्रीय कमिटीमा ९७/९० भन्दै उनले भने, ‘त्यही भएर नभएको अधिकार प्रयोग गरेर विधान संशोधन गर्ने पार्टीमा प्रवेश नगरेको मान्छेलाई केन्द्रीय सदस्य मनोनित गरियो ।’

नेता माधव नेपालले यस्तो बताइरहँदा केपी शर्मा ओली निकट केन्द्रीय कमिटीको बैठकले संसदीय दलको नेतालाई समानुपातिक सांसद हटाउने निर्णय दिएको छ ।

यो पनि