जेठ ०६, २०८१, आइतबार
               

पाँच नेतालाई स्पष्टीकरण सोध्ने बालुवाटार बैठकको निर्णय

नेपाल फ्ल्यास
चैत ०७, २०७७

ADVERTISEMENT

काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको केन्द्रीय कमिटीको बैठकले पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

शनिबार संसदीय दलको बैठकपश्चात बसेको सो केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार ने पाल र नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

केन्द्रीय कमिटीको बैठक संसदीय दलको बैकठलगत्तै बालुवाटारमा बसेको थियो । शुक्रबार कुनै पनि बैठकमा नआउने निर्णय गरेको मधव समूहले माधव नेपाल,झलनाथलगायत नेता दुवै बैठकमा अनुपस्थिति थिए । तर, बामदेव गौतम संसदीयको बैठकमा उपस्थिति भए पनि केन्द्रीय कमिटीको बैठकमा भने अनुपस्थिति रहे ।

शनिबारै नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेलालगायत कार्य गरेको भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकले माधव समूहलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि