बैशाख १५, २०८१, शनिबार
               

आज एमाले संसदीय दलको बैठक बस्दै, सहभागी होलान त माधव–झलनाथ समूह ?

नेपाल फ्ल्यास
चैत ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । आज बिहान साढे १० बजे बालुवाटारमा नेकपा कम्युनिष्ट पार्टी एमाले संसदीय दलको बैठक बस्ने भएको छ । उक्त बैठक प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको एमाले स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले यसभन्दा अगाडि पनि गत चैत ५ गते सोही स्थानमा संसदीय दलको बैठक बोलाएका थिए । त्यस बैठकमा सोही पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका सांसदहरु सहभागी भएका थिएनन् ।

आज बस्ने बैठकमा सूर्य चिह्न लिएर चुनाब लडेका सबै सांसदहरुलाई बोलाइएको र नेपाल–खनाल समूहका सांसदहरु पनि बैठकमा सहभागी हुने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

नेपाल–खनाल समूहले भने बैठकमा सहभागी हुने या नहुनेबारे अहिलेसम्म निर्णय गरेको छैन । गत चैत ५ गतेको बैठकमा पनि नेपाल–खनाल समूह आफूहरु राष्ट्रिय कार्यकर्ता भेलामा व्यस्त रहेको भन्दै सहभागी भएको थिएन । 
 


कस्तो लाग्यो ?

यो पनि