बैशाख २३, २०८१, आइतबार
               

सरकार मूल्य र मान्यताबमोजिम अघि बढ्छ : नेम्वाङ

नेपाल फ्ल्यास
चैत ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार संविधानको मूल्य र मान्यताबमोजिम अगाडि बढ्ने बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रया दिँदै नेम्वाङले सो बताएका हुन् । सो क्रममा उनले हालसम्म नेकपा(माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको बताउँदै उनले विश्वासको मत फिर्ता लिएपछि पनि सरकार संविधानबमोजिम अगाडि बढ्ने बताए । 

‘अहिले सरकार जुन आधारमा उभिएको छ । त्यो आधार विभाजित भएको छ। तर, विभाजनपश्चात्को जुन दल छ त्यो दलले आफ्नो विश्वासको मत फिर्ता गरिसकेको अवस्था छैन । त्यसैले जबसम्म विश्वासको मत फिर्ता हुदैन तबसम्म सरकारलाई विश्वास प्राप्त भएको मानिन्छ, र सरकार रहन्छ, सो क्रममा नेम्वाङले भने, ‘जुन दिन विश्वासको मत फिर्ता हुन्छ त्यसपछि सरकार संविधान बमोजिम अगाडी बढ्छ । अहिलेको सरकार प्रधानमन्त्री केपी ओली संविधान बमोजिम स्थापित मूल्य र मान्यता बमोजिम अगाडी बढ्नको लागि दृढ हुनुहुन्छ ।’

यो पनि