जेठ ०२, २०८१, बुधबार
               

दाहाल र नेपालबीच गोप्य भेटवार्ता भएको खुलासा

नेपाल फ्ल्यास
चैत ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच  गोप्य भेटवार्ता भएको खुलेको छ ।शुक्रबार दिउँसो करिब एक घन्टा दुई नेताबीचको भेटवार्ता भएको खुलेको छ ।

नेपालनिवासनजिकै पूर्वमाओवादी पत्रकार चन्द्रलाल श्रेष्ठ निवासमा भएको भेटवार्ता कुन विषयमा केन्द्रित भयो भनी खुलाइएकाे छैन ।

यसअघि बिहीबार सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलामा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय राजनीतिमा सिर्जना गरेको अस्थिरता तथा पार्टीभित्रको अराजकता र अन्योल चिर्न एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले समानान्तर गतिविधि अघि बढाउने निर्णय गरेको थियाे ।


कस्तो लाग्यो ?

यो पनि