बैशाख २५, २०८१, मंगलबार
               

प्रतिनिधिसभा बैठक चैत १० सम्मका लागि स्थगित

नेपाल फ्ल्यास
चैत ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक चैत १० गतेसम्मका लागि स्थगित गरेका छन् । फागुन २३ यता तीनवटा प्रतिनिधिसभा बैठक बसेका छन् ।  

शुक्रबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक बालकृष्ण खाँण, नेकपा (माओवादी केन्द्र)का नेता पम्फा भुसाल, जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादव, जनमोर्चाका सांसद दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवालले सम्बोधन गरेका थिए ।

प्रतिनिधिसभा पुनःस्थापना भएपछि पहिलोपटक दोस्रो तहका नेताले सम्बोधन गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि