काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताका आधरमा राजीनामा दिन आग्रह गरेकी छन् ।
शुक्रबार संसदीय बैठकमा आफ्ना धारणा राख्ने क्रममा फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गरेर प्रधानमन्त्रीले नैतिकता देखाउने अपेक्षा गरे पनि प्रधानमन्त्रीले मिचाहा प्रवृत्ति देखाएको बताउँदै भुसालले सो आग्रह गरेकी हुन् ।
‘११ गतेको फैसलापछि त्यो राजनीतिक नैतिकताको पालना गरिनेछ भन्ने अपेक्षा थियो’ उनले शुक्रबार प्रतिनिधिसभाको बैठकमा भनिन् ‘अहिले पनि जिताहा शासकजस्तो गरेर हिँड्ने कुराले आम नागरिकमा के पर्छ होला ?’