चैत १६, २०८०, शुक्रबार
               

आज एमाले नेपाल–खनाल समूह महिला संघको राष्ट्रिय भेला

नेपाल फ्ल्यास
चैत ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह अखिल नेपाल महिला संघको राष्ट्रिय भेला हुने भएको छ ।

अपरान्ह १२ बजे कालीमाटीस्थित एक पार्टी प्यालेसमा हुने उक्त भेलाको वरिष्ठ नेता नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

सो भेलामा देशभरबाट एक हजारभन्दा बढी कार्यकर्ता सहभागी हुने  इन्चार्ज शाक्यले बताइन् । उनका अनुसार पार्टीभित्रका विभिन्न घटनाक्रमबारे महिलाहरुलाई जानकारी दिने उद्देश्यले भेलाकाे आयोजना गरिएको हो । पछिल्लो समय देशमा राजनीतिक घटनाले अर्कै रुप लिएको छ । 


कस्तो लाग्यो ?

यो पनि