जेठ ०८, २०८१, मंगलबार
               

नेपाल समूहले देशभर पार्टी कमिटी ब्यूँत्याउने

नेपाल फ्ल्यास
चैत ०५, २०७७

ADVERTISEMENT

काठमाडौं  । नेकपा (एमाले)को खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ ।

बुधबारबाट सुरु भएको भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको अवधारणा पत्रमाथि १० समूहले छलफल गरी उनीहरुको सुझावसमेत समेटी १७ बुँदे प्रस्ताव पारित गर्दै सो भेला सकिएको हो ।

बिहीबार सकिएको राष्ट्रिय भेलाले तलदेखि माथिसम्म संगठनात्मक अभियान चलाउने निर्णय लिएको बताउँदै सचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले सर्वोच्च अदालतको आदेशअनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने र सबै कमिटी ब्यूँत्याउने बताए । 

२३ फागुनमा सर्वोच्चको आदेशसँगै नेकपा एमाले र पूर्वमाओवादी २०७५ साल जेठ २ गतेको अवस्थामा पुगेका छन् । जसका कारण नेकपाभित्रबाट सुरु भएको आरोप र प्रत्यारोपकाका करण आज नेकपा एमाले नै फुटको संघारमा पुगेको छ । सोहीबमोजिम माधव समूहले बुधबार र बिहीबार राष्ट्रिय भेलाको आयोजना गरी समानान्तर कमिटी बनाउने घोषणा गरेका छन् । 

 बुधबार र बिहीबारको नेपाल समूहको भेलाले ओली समूहको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय अस्वीकार गरेको छ । ओलीका विभिन्न गतिविधिप्रति दु:ख व्यक्त गर्दै भेलाले एकतापूर्वको स्थिति स्विकार गरी २८ गतेको निर्णय रद्द गर्न माग गरेको छ । भेलाले संसद् पुन:स्थापना गर्ने अदालतको फैसलाको स्वागत गरेको छ भने एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसलाको निर्णयप्रति आपत्ति जनाएको छ ।

एमालेलाई समेत फुटाएर देशी–विदेश शक्तिले राष्ट्रिय स्वाधिनतामाथि धावा बोल्ने कोसिस गरेको भेलाको निष्कर्ष छ । यस्तै, ओलीका कदमविरुद्ध दृढताकासाथ उभिन कार्यकर्तालाई आव्हान गरेको छ । ओलीले नेपालको हितप्रतिकूल निर्णय गरेको दाबी गर्दै सच्याउन तथा असमान सन्धि–सम्झौता पुनरावलोकन गर्न माग गरेको छ । एमसिसी राष्ट्रिय हितअनुरुप हुनुपर्ने भेलाको निष्कर्ष छ ।

भेलाले देशलाई उचित निकास दिन राजनीतिक दलहरुसँग आव्हान, भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिन गर्न पनि माग गरेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि