जेठ ०४, २०८१, शुक्रबार
               

पार्टी एकताका लागि अन्तिम समयसम्म लड्छौँ : नेपाल

नेपाल फ्ल्यास
चैत ०५, २०७७

ADVERTISEMENT

काठमाडौैं । नेकपा एमाले का वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु पार्टी विभाजनको पक्षमा नरहेको बताउँदै पार्टी एकताका लागि अन्तिमसम्म लड्ने बताएका छन् । 

बुधबारदेखि सुरु भएको राष्ट्रिय भेलाको समापन समारोहलाई सम्बोधनका क्रममा नेता नेपालले मुन्ट्याएरै निकाल्न खोजेछन् भने अन्तिम दमसम्म लड्ने बताउँदै सो बताएका हुन् । 

पार्टी नेतृत्वले कारबाही गर्ने चेतावनी लिएकोतर्फ संकेत गर्दै नेता नेपालले स्थानीय तहका जनप्रतिनिधिहरुको पद खोस्न सम्भव नभएको बताए । स्वयं व्यक्तिले दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा मात्र पद जाने भन्दै उनले अघि भने, ‘हटाउने हो भने हामीलाई हटाउने हो । हटाओस्, हामी तयार छौँ ।’ 

उनले आफूहरु जस्तोसुकै चुनौती सामना गर्न तयार रहेको बताउँदै उनले आफूहरु जे त्याग गर्न पनि तयार रहेको बतए । 

यो पनि