जेठ ०५, २०७९, बिहीबार
               

आज एमाले ओली समूह संसदीय दलको बैठक बस्दै

नेपाल फ्ल्यास
चैत ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । आज बिहान ११ बजे नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूह संसदीय दलको बैठक बस्ने भएको छ । उक्त संसदीय दलको बैठक प्रधानमन्त्री ओलीले बोलाएका हुन् ।

उनले अर्को एमालेको समूह वरिष्ठ माधवकुमार नेपाल भलनाथ खनालको भेला चलिरहेका बेला संसदीय दलको बैठक बोलाएका हुन् । बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले बताए ।  

उनका अनुसार सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा बोलाइएको छ । भट्टराईलाई प्रधानमन्त्री ओलीले साविकको नेकपाको संसदीय दलको नेताको हैसियतमा मुख्य सचेतकको जिम्मेवारी दिएका छन् । तर, नेकपाको नेपाल–खनाल समूह भने आजको संसदीय दलको बैठकमा सहभागीता नजनाउने बुझिएको छ । 


कस्तो लाग्यो ?

यो पनि