चैत १६, २०८०, शुक्रबार
               

मनपरीतन्त्रमा बाधा भएपछि ओलीले निर्वाचन अघि सारेका हुन्: पौडेल

नेपाल फ्ल्यास
चैत ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले मनपरीतन्त्रमा बाधा भएपछि निर्वाचन अघि सारेको बताएका छन् । बुधबार बाँकेमा आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा नेता पौडेलले सो बताएका हुन्  ।

उनले भने, ‘हिजो राष्टपतिले बोलाएको संसदीय दलको बैठकमा गएका थियौँ। त्यहाँ प्रधानमन्त्री ओलीले नयाँ जनादेशको कुरा गर्नुभयो। उहाँको कुरामा राष्ट्रपति सकारात्मक भइन्।’ 

अदालतभन्दा जनता ठुलो भएको बताउँदै पौडेलले संविधान मिच्न नपाइने बताए । प्रधानमन्त्रीले संसद् विघटन गर्दा आफूहरुले निर्धक्कका साथ आवाज उठाएको बताए । संविधान र लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी अब कांग्रेसको काँधमा आएको उनको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि