चैत १६, २०८०, शुक्रबार
               

ओलीका साइबर स्याल अझै रहेछन्: नेपाल

नेपाल फ्ल्यास
चैत ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अहिलेको समस्याको जड केपी ओली भएको बताएका छन् । 

बुधबार आफूपक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई संबोधनका क्रममा नेता नेपालले नेकपा हुँदा रहेका साइबर स्याल अझै रहेको बताउँदै केपी शर्मा ओलीललाई सो आरोप लगाएका हुन् । 

‘नेकपा हुँदा थियो भनेको त साइबर स्यालहरु अझै पनि जिँउदै रहेछन्,’ नेता नेपालले भने,‘साइबर स्यालहरु अझै पनि बाँचिरहेका छन्,’ आफूहरुको भेला रोक्नका लागि साइबर स्यालहरुले नेता योगेश भट्टराईको फेक हस्ताक्षार प्रयोग गरी सूचना निकालेको बताउँदै वरिष्ठ नेता नेपालले भने, ‘आज बिहान फेक सूचना जारी गरेका थिए । योगेश भट्टराईको हस्ताक्षार चोरेर फेक पत्र जारी गरेका थिए । साइबर स्यालहरु त अझै पनि जिँउदै रहेछन् । नेकपा हुँदा थियो भनेको त अझै पनि रहेका छन् ।’

सो क्रममा नेता नेपालले ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजनमण्डलीको चाहनाले पार्टीमा समस्या परेको बताए । ओलीकै कारण एमाले र माओवादी केन्द्रबीचको एकता भाँडिएको उनको भनाइ छ । जबजको नारा लगाएर निरंकुश प्रवृत्ति देखाएको बताउँदै नेता नेपालले ओलीले सधैँ पूर्वाग्रही रहेको र असहमतलाई पक्षपातपूर्ण व्यवहार गरेको बताए । 

‘उहाँले प्रधानमन्त्रीको कुर्सी बचाउन संविधानको अपब्याख्या गर्नुभयो, पार्टी निर्णय र सहमति भएका भन्दा विपरीत काम गर्नुभयो,’ नेता नेपालले भने ।

सो क्रममा उनले आफूहरु अध्यक्ष केपी ओलीको दम्भका कारण एकताको ढोका बन्द भइसकेको निष्कर्षमा पुगेको बताए । 

केपी ओली पार्टीलाई छिन्नभिन्न पार्न लागेको बताउँदै उनले ओलीको व्यक्तिवादी, अहंकारी र स्वेच्छाचारी प्रवृत्तिका कारण पार्टीमा संकट आएको बताए ।


कस्तो लाग्यो ?

यो पनि