जेठ ०७, २०८१, सोमबार
               

आज जसपाको पदाधिकारी बैठक बस्दै

नेपाल फ्ल्यास
चैत ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । आज बिहान ११ बजे जनता समाजवादी पार्टी (जसपा) को पदाधिकारी बैठक बस्ने भएको छ । उक्त बैठक पार्टी केन्द्रिय कार्यलय बालकुमारीमा बस्ने जसपा केन्द्रले जनाएको छ ।

भोलि (बिहीबार)  बस्ने पार्टीको कार्यकारिणी परिषद बैठकको एजेन्डा तय गर्न आज पदाधिकारी बैठक बस्ने केन्द्रिय सदस्य केशव झाले बताए । उनका आनुसार पदाधिकारीबीच पार्टीको संरचनात्मक खाकाको बिषयमा थप छलफल हुने छ ।

यस विषयमा मंगलबार पनि छलफल भएको थियो बिहीबार बस्ने कार्यकारिणी बैठकमा पार्टीको संगठनात्मक खाका प्रस्तुत गर्ने तयारी छ। साथै सत्ता समीकरणबारे पनि छलफल हुने बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि