बैशाख ०८, २०८१, शनिबार
               

गुटगत भेलामा नजान एमालेको निर्देशन

नेपाल फ्ल्यास
चैत ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नाममा यही चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्ने भनी सूूचना प्रचार भएकोमा सो पार्टीका महासचिव ईश्वर पोखरेलले उक्त भेला आधिकारिक नभएको जनाएका छन् । एमालेको झलनाथ–माधव समूहले मंगलबारपत्रकार सम्मेलन गरी भेलाको जानकारी दिएको थियो । 

महासचिव पोखरेलको विज्ञप्तिमा ‘यस्तो अनाधिकृत गुटगत भेला नगर्न–नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा (एमाले) ले सबै नेता–कार्यकर्तालाई विशेष निर्देशन गरिएको छ ।

‘अन्यथा, मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम हुने कुरा पनि स्पष्ट गरिन्छ’, विज्ञप्तिमा भनिएको छ । 


कस्तो लाग्यो ?

यो पनि