बैशाख २३, २०८१, आइतबार
               

मदिरा सेवग गरेर वडाध्यक्षले कार्यकक्षमै कर्मचारी

नेपाल फ्ल्यास
चैत ०३, २०७७

ADVERTISEMENT

जुनीचाँदे गाउँपालिकाका स्वास्थ्य सहसंयोजक तथा स्वास्थ्यकर्मी योज्ञेश्वर बस्नेत कार्यकक्षमै कुटिएका छन्  ।

जुनीचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीको योजनामा स्थानीय खडकबहादुर शाही र तेजबहादुर शाहीले मदिरा सेवन गरी उनलाई कार्यालयभित्रै  कुटपिट गरेका हुन् । गाउँपालिकामा कार्यरत कर्मचारीले विज्ञप्ति घटनाप्रति सो घटनाप्रति खेद व्यक्त गरेका छन् ।सो विज्ञप्तिमार्फत् घटनामा संलग्न व्यक्तिलाई कारबाहीको माग गरेका छन् ।

जनताको नजिकको सरकारको रुपमा रहेका स्थानीय सरकारका प्रतिनिधि नै यस कार्यमा संलग्न हुनुले कर्मचारी प्रशासनमा डर र त्रासपूर्ण वातावरण सिर्जना भएको सो विज्ञप्तिमा उल्लेख छ ।

ऐन कानुनविपरीत गरिएको निन्दनीय कार्यप्रति सरकारकै एकजना प्रतिनिधिको संलग्नतामा देखिँदा कानुनी शासनको प्रत्याभूति गर्न नसकिएकिने पनि उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि