बैशाख १६, २०८१, आइतबार
               

राष्ट्रपति कार्यालयमा सर्वदलीय बैठक सुरु

नेपाल फ्ल्यास
चैत ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सर्वदलीय बैठक सुरु भएको छ । 

राष्ट्रपतिद्वारा बदलिँदो राजनीतिक परिस्थितिमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलसँग छलफल गर्न बोलाइएको सो सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष महन्थ ठाकुरलगायत सहभागी छन् । 

तर, बैठकमा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधव कुमार नेपाल, पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई भने अनुपस्थित छन् । 

खनाल–नेपालले बुधबारका लागि तय भएको राष्ट्रिय भेलाको तयारी गर्नुपर्ने भएकाले बैठकमा सहभागी नभएको बताएका छन् भने भट्टराई चाहिँ पार्टीबाट अन्य नेतालाई पठाएर आफू नगएका हुन् ।

यो पनि