बैशाख १६, २०८१, आइतबार
               

माधव,झलनाथ र बाबुराम राष्ट्रपतिद्वारा आयोजित सर्वदलीय बैठकमा सहभागी नहुने

नेपाल फ्ल्यास
चैत ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित सर्वदलीय बैठकमा एमाले नेता माधव नेपाल र झलनाथ खनाल सहभागी नहुने भएका छन्।

मंगलबार दिउँसो शीतलनिवासमा आयोजना हुने सो कार्यक्रममा खनाल र नेपाल सहभागी नहुने नेता विष्णु रिजालले जानकारी दिए । 

त्यसैगरी, सो सर्वदलीय बैठकमा  जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई पनि सहभागी नहुने भएका छन्।तर, सो कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट भने अध्यक्ष पुष्पकमल दाहाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी हुने भएका छन् । 

बदलिँदो राजनीतिक परिस्थितिमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुसँग छलफल गर्न राष्ट्रपतिले मंगलबार दिउँसो चार बजे शीतलनिवासमा सर्वदलीय बैठक बोलाएकी छन्।


कस्तो लाग्यो ?

यो पनि