जेठ ०८, २०८१, मंगलबार
               

कांग्रेस, माओवादी र जसपाको संयुक्त सरकार बन्ने पुनको स्पष्टोक्ति

नेपाल फ्ल्यास
चैत ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले चैत्र ५ गतेपछि सत्ता समीकरणले मूर्त रुप लिने बताउँदै अब नेपाली कांग्रेस माओवादी र जसपाबीच गठबन्धन भई सरकार बन्ने संकेत गरेका छन् । 

मंगलबार नेकपा(माओवादी केन्द्र) को संसदीय दलको बैठक पछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा नेता पुनले प्रधानमन्त्रीको कदमविरुद्ध उभिएका सबै दल एक ठाउँ हुँदा गठबन्धन प्राकृतिक हुने बताउँदै सो बताएका हुन् । 

‘चैत्र ५ गते बस्ने जनता समाजवादी पार्टीको बैठकपछि नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र जसपा, नेपालबीचको सत्ता समीकरणले मुर्तरुप पाउनेछ,’ सो तीन दलबीच गठबन्धन हुने बताउँदै उनले भने, ‘५ गते जसपाको बैठक छ । उहाँहरुको त्यो बैठक पछि यो सत्ता समीकरणले मुर्तरुप पाउँछ । माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको बीचमा गठबन्धन बन्छ किन पनि भन्दा हामी प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक सच्याउनुपर्छ भनेर एकै ठाउँमा उभिइ आ–आफ्नो ढंगले आन्दोलन गरेका थियौँ । संसद पुनःस्थापना भइसकेको सन्दर्भमा यो एउटा प्राकृतिक गठबन्धन पनि हो ।’

नेता पुनले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेका कारण विश्वासको मत लिने र कार्यकारी प्रमुख हुने नैतिक आधार गुमिसकेको पनि बताए ।


कस्तो लाग्यो ?

यो पनि