बैशाख १४, २०८१, शुक्रबार
               

'प्रमुख अतिथि भई देशभरबाट आएका कार्यकर्तालाई के-के भन्नुछ, भन्नुहोस्'

नेपाल फ्ल्यास
चैत ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले चैत ४ र ५ गते आयोजना हुने राष्ट्रिय भेलामा नेकपा अध्यक्ष एवम् प्रधानमन्त्रीलाई प्रमुख अतिथिको निम्तो दिएको छ ।

यो समूहले आयोजना गरेको राष्ट्रिय भेलाको बारेमा जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराइले भने, ‘यो बुद्धको देश हो, बुद्धको देशमा शान्तिको भाषा हुन्छ । तपाई पनि बुद्धको अनुयायी नै हुनुहुन्छ । त्यसैले तपाईको शक्तिको भाषा छ । त्यो बदल्नुहोस् ।’

‘उहाँले आफ्ना अनुयायीलाई राष्ट्रिय भेलालाई नियाल्न भन्नुभएको छ । तपाईले कसलाई पठाउने हो परिचयसहित पठाउनुहोस् । ‘तपाई आफैं पार्टी अध्यक्ष हुनुहुन्छ । तपाई आफैँ आउनुहोस् । देशभरबाट आएका कार्यकर्तालाई के-के भन्नुछ, भन्नुहोस्’ उनले भने ‘तपाईको अहंकारपूर्ण अभिव्यक्ति हो, हामी कारवाही भोग्न तयार छौं । संविधान र जनमतको रक्षाको निम्ति लागेका छौँ । हामी लामबद्ध भएर तयार छौँ । तपाईं धम्कीको भाषा नबोल्नुहोस्, आफूलाई सुधार गर्नुहोस् ।’

यसअघि आजै सम्पन्न प्रधानमन्त्री ओलीकाे चियापन कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय भेलामा जाने नेता कार्यकर्तालाई प्रधानमन्त्रीले कारबाही गर्ने चेतावनी दिएका थिए ।  ओलीको सोही भनाइको जवाफ दिँदै नेता भट्टराईले भोलिको भेलामा आउने नेता कार्यकर्ताहरु एमालेकै भएका कारण भेलामा सहभागी हुन आग्रह गरेका हुन् । ओलीले माधव नेपाल समूहको भोलिको भेलामा कोही गए कारबाही गर्ने चेतावनी समेत दिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि