जेठ ०६, २०८१, आइतबार
               

आजको प्रतिनिधिसभा बैठकमा पनि शोक प्रस्ताव मात्र !

नेपाल फ्ल्यास
चैत ०३, २०७७

ADVERTISEMENT

सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बोलाइएको छ ।

आजकाे बैठकमा सभामुखले संविधानसभा सदस्य दिनेशचन्द्र यादवका निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको सङ्घीय संसद्को सचिवालयले जनाएको छ । प्रतिनिधिसभा पुनःस्थापना गत फागुन ११ गते भएपछि आज तेस्रो पटक बैठक बस्न लागेको हो ।

संसद् सचिवालयले मंगलबारको बैठकमा अध्यादेश पेस गर्ने, नेताहरुको संसद्मा सम्बोधन गर्नेलगायत विषयमा छलफल गर्न सोमबार कार्य व्यवस्था परामर्श समितिको बैठक राखिएको थियो । बैठकमा अध्यादेश पेस गर्न दलहरुबीच सहमति जुटेन ।  त्यसैले आजकाे बैठक पनि शोक प्रस्तावमै सीमित हुने भएकाे हाे ।

यसअघि गत माघ २३ र २६ गते बैठक बसेको थियो । उक्त दुई बैठकमा संसद्मा कुनै पनि एजेन्डामा छलफल हुन सकेको छैन । फागुन २३ मा विवादित संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन अध्यादेश पेस भएपछि प्रमुख प्रतिपक्षी काँग्रेसले बैठक अवरुद्ध गरेको थियो ।

सरकारको सिफारिशमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकामा रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले पुनःस्थापना गर्ने फैसला सुनाएको थियो ।


कस्तो लाग्यो ?

यो पनि